झौखेल र चाँगुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन

खरिपाटी: चाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक सहयोगमा वडास्तरीय विपद्‌ व्यवस्थापन समितिको समन्वयमा चाँगुनारायण नगरपालिका विपद्‌ व्यवस्थापन शाखाद्धारा वडा नं ३ र ४ मा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रम गरिएको छ ।

सुख्खा मौसमका कारण दिनानुदिन आगलागीका घटनाहरु भइरहेको अवस्थामा आगलागी रोकथाम तथा न्यूनीकरणका लागि समुदायस्तरमा आगलागी सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

चाँगुनारायण नगरपालिकाको वडा नं ३ र ४ को वडा कार्यालय प्राङ्गणमा आज सञ्चालित कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा सदस्य विष्णु प्रसाद न्यौपानेले चाँगुनारायण नगरपालिकाले विपद्‌ जोखिम न्यूनीकरण कार्यमा विकास साझेदार संस्थाहरु संग सहकार्य र समन्वय गरेर विभित्र कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्दरमा चुहावट भै हुने आगलागीले ठुलो धनजनको क्षति हुनेगरेको हुँदा यस कार्यक्रमले त्यसको न्यूनीकरण गर्न सहयोग पु¥याउने मा विश्वस्त रहेको बताउनु भयो ।

त्यसै गरी चाँगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रोज बहादुर तामाङले दिनानुदिन बढिरहेको आगलागी घटनाहरु समुदायस्तरमै धेरै बढिरहेको हुँदा यस अभिमुखिकरण तथा नमुना अभ्यास कार्यक्रमले समुदायमा आगलागी रोकथाम तथा न्यूनीकरण गर्न सहज हुने बताउनु भयो ।

उहाँले चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखालाई यस प्रकारको कार्यक्रम आयोजनाको लागि र आइसेट नेपाल तथा डिसिए नेपाललाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

आगलागी, यसका कारणहरु, नियन्त्रणका उपायहरुका बारेमा सैद्धान्तीक तथा व्यवहारीक ज्ञान दिइएको अभिमुखिकरण तथा अभ्यास प्रदर्शनमा आगलागी भएको अवस्थामा स्थानीय साधन श्रोतको प्रयोग गरी आगलागी नियन्त्रण गर्ने उपायका साथै फाइर एक्सटिंगुसरको प्रयोग, ग्यास सिलिन्डरमा ग्याँस चुहावट भएर आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भत्रे बारेमा पनि अभ्यास गराइएको थियो ।

यस प्रकारको अभ्यास यस अघि बैशाखा ४ गते वडा नं १ र २ मा सम्पन्न भइसकेको छ भने बैशाख १० गते वडा नं ५ र ६ मा, ११ गते ७ र ८ मा तथा १२ गते वडा नं ९ मा प्रदर्शन गरिने कुरा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा राजकुमार लम्साल, सञ्जय अवाल र अनुप मल्लले सहजिकरण तथा अभ्यास प्रदर्शन गर्नुभएको थियो ।


प्रकाशित | ९ बैशाख २०८१, आईतवार २१:२१