कालिका माध्यमिक बिद्यालय पुर्व विद्यार्थी समाज गठन, अध्यक्षमा सन्तोष कुमार पकुवाल

काठमाडौं – कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको भेलाले कालिका माध्यमिक बिद्यालय पूर्व विद्यार्थी समाज गठन गरेको छ । दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नम्बर- ९ सुन्द्रावतीमा बि.स २०२२ सालमा स्थापना भएको कालिका विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको भेलाले समाज गठन गरेको हो ।

भेलाले कार्यक्रममा उपस्थित हुनुभएका मध्य बिद्यालयमा अध्ययन गर्नुभएका सबैभन्दा पुराना एवम् पुर्व विद्यार्थी राम प्रसाद पकुवालको संयोजकत्वमा भएको छलफलबाट २२ सदस्यीय तदर्थ कार्य समिति गठन गरिएको हो । समितिको अध्यक्षमा सन्तोष कुमार पकुवाल, उपाध्यक्षमा हरि खड्का, सचिवमा इन्द्र राज खड्का, सहसचिवमा अमृता सेढाई, कोषाध्यक्षमा कृष्ण प्रसाद ओली रहनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा नबराज प्रसाईं, रबिन भण्डारी, दिपक खड्का, अर्जुन खड्का, रामचन्द्र खड्का, गङ्गा सिवाकोटी, मेनुका पकुवाल, रिता सिवाकोटी, परीक्षा ओली, समीर ओली, सुरेस साही, रामचन्द्र मैनाली, कालिका सिवाकोटी, प्रतीक लामिछाने र दुर्गा थामी चयन हुनुभएको छ।

त्यस्तैगरि, छलफल कार्यक्रमले बिधान अनुरुप एकजना प्रबक्ता र सल्लाहकार समितिको प्राबधान गरेको छ जसमा प्रवक्ता नबराज प्रसाईं, सल्लाहकारहरुमा क्रमस राम प्रसाद पकुवाल, घनश्याम सेढाई, केदार सेढाई, रामशरण दाहाल, मनोज रेग्मी, तिलकराज सिवाकोटी र पदम बहादुर खड्का चयन हुनुभएको छ।

कालिका माध्यमिक बिद्यालयको समग्र शैक्षीक सामाजिक क्षेत्रमा रहेका समस्याहरुको समाधानका साथै राम्रा उपलब्धिहरुको उच्च सम्मान गर्ने र एक सामाजिक अभियानको रुपमा आफुहरुलाई प्रमाणीत गर्दै जाने समितिको मुख्य उद्देश्य रहेको छ।

साथै तदर्थ समिति पुर्णरुप नभएको र सबै पुर्व विद्यार्थीहरुको बृहत भेलामा पुनः फेरी पनि कार्य समिति परिवर्तन पनि हुन सक्ने जनाइएको छ ।


प्रकाशित | २८ पुष २०७८, बुधबार १९:१५