एनआरएनए ओसेनियाको क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकियो ( पूर्णपाठसहित )

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओसेनियाको तेस्रो क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । शनिबारबाट शूरु भएको सम्मेलन आज ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको एनआरएनए ओसेनिया क्षेत्रका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो ।  सम्मेलनको पहिलो दिन विभिन्न सेसन सञ्चालन गरिएको थियो । सम्मेलन एनआरएनए ओसेनीया क्षेत्रको भनीको भए पनि जापान, हंगकंगं, बेलायत, जर्मनी, अमेरिकालगायतका गरि तीन सय भन्दा बढीको सहभागिता रहेको थियो ।

त्यसअघि सम्मेलन नेपाल सरकारका तर्फबाट सहभागि कानुनमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान पनि सहभागि हुनुभयो । त्यस्तै, सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, एनआरएन पूर्व अध्यक्ष शेष घले, सल्लाहकार जमुना गुरुगं, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुनुभयो ।

त्यस्तैगरि, अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, , एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायत सहभागि हुनुहुन्छ । सम्मेलनले जारी गरेको ९ बुँदे निर्णय जस्ताको तस्तै ;

गैर आवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठकका निर्णयहरु

गैर आवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अद्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न भयो । नेपालका प्रदेश सांसद माननीय बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पधादिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा सम्पन्न बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

. गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी फण्ड, जलबिध्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनातमक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

. महिला शशक्तिकरण अभियानको थालनी र महिला उध्यमसिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिस्चितता गराउने निर्णय गरियो ।

. गैरआवासीय नेपाली संघले Knowledge City / Academy को प्रस्ताबलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

. नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न AussieMed Foundation Australia / Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुश गरि आगामी दिनमा एस तर्फ बिशेष ध्यान दिनुका साथै एस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७. आवश्यक कÞानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८. अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९. यो बैठक सफलता पुर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

 


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १०:१६