कोरोना महामारी बारे एनआरएनए फान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) को सन्देश

नरेन्द्र शाही (ठकुरी ), अध्यक्ष, एनआरएनए फान्स

कोरोना (कोभिड १९ ) ले संसार आक्रान्त छ । विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाले गर्दा जनजीवन ठप्प छ । विश्वका अधिकांश जनताहरु लकडाउनमा छन् । कोरोना नफैलीएको सायदै कुनै देश नहोला । संसार नै कोरोनाले भयभीत, क्रसीत रहेको अवस्थामा मेरो कर्मथलो फान्स पनि अछुतो रहन सकेको छैन । विश्वका शक्तीशाली मुलुकहरु जस्तै फान्सलाई पनि कोरोना महामारीले नराम्ररी प्रभावीत बनाइरहेको छ । अमेरिका, स्पेन र इटालीपछि फान्समा सबैभन्दा धेरै कोरोना संक्रमीत भइरहेका छन् । फान्समा पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २१ हजार नाघिसकेको छ भने संक्रमीतको संख्या पनि १ लाख ५७ हजार भन्दा माथि छ । अझ यो बढ्ने क्रम जारी छ ।

संसारभर कोरोनाले आफनो ताण्डव मच्चाइरहेको छ । फान्समा कोरोनाको संक्रमण फैलने क्रम जारी रहँदा फान्सबाट गएको एक नेपाली विद्यार्थीमा नेपालमा कोरोना संक्रमण देखिएको भन्ने खवरले भने हामीलाई निकै चिन्तित तुल्यायो । फान्समा एनआरएनएको नेतृत्वमा रहेको हिसावले पनि त्यस विषयमा नेपाली राजदूतावाससँग समन्वय गरेर ती विद्यार्थी नेपाल जानू अघि बस्ने ठाउँ, उनीहरुको साथीभाईहरुको अवस्था बुझने प्रयास गरियो । यस विषयमा हामीले विशेष चासो दिएर नेपालमा कोरोना संक्रमीत विद्यार्थीका साथीहरुलाई सम्पर्क गर्ने प्रयास गरिरह्यौ । सम्पर्क गर्दा कोही, कसैलाई पनि कोरोना संक्रमण नभएको र ती विद्यार्थी फान्सबाट गएपछि मात्र कोरोना संक्रमीत भएको साथीभाईहरुबाट जानकारी पाइयो । त्यो शूरुमा आएको घटनाले होला नेपालमा रहनुहुने अभिभावक, साथीभाई, ईष्ट मित्र सबैले आफूहरुको अवस्थाप्रति चासो राख्न थाल्नुभयो । तर यहाँ सबै नेपाली सुरक्षीत भइरहँदा पनि एक जना विद्यार्थी त्यो पनि फान्सबाट आएको भन्ने समाचारले सबैलाई चिन्तित तुल्याएको रहेछ । सो घटनाले नेपाली राजदूतावास र एनआरएनए फान्सलाई निकै चिन्तत तुल्याएको थियो । सामाजीक सञ्जाल र समाचारमा फैलाइने गलत प्रचार र भ्रमले पनि धेरै मानीसहरुलाई नराम्ररी प्रभावीत बनायो । तर अहिलेसम्म कोही नेपालीमा पनि कोरोना संक्रमीत नभएकोमा हामी अत्यन्तै खुसी छौ । विशेष गरि फान्समा कोरोना सक्रमीतबाट मृत्यु हुनेको संख्या र संक्रमीतको संख्या धेरै देखिए पनि हामी नेपाली भने अहिलेसम्म सुरक्षीत रहेको सबैमा जानकारी गराउन चाहान्छु ।

फान्समा सरकारले लकडाउन जारी राखेको छ । तर अन्य देशको तुलनामा यहाँको नेपालीमा खासै समस्या भने देखिएको छैन । तर विद्यार्थी भने मर्कामा परिरहनु भएको छ । विद्यार्थीहरु समस्यामा पर्नुभएको गुनासो सँगै गैर आवासीय नेपाली संघ फान्सले समस्यामा पर्नुभएका नेपालीलाई सम्पर्क गर्न आह्रवान गरिहाल्यौ । पहिलो चरणमा आह्रवान गरिएअनुसार हामीले ५५ जना लाई अत्यावश्यक खाद्यान्न सामानसहितको राहत वितरण गर्न सफल भयौ । ताकी फान्स सरकारले लगाएको लकडाउन र कडा सुरक्षाकाबीच एनआरएनए फान्सले ज्यानको जोखीम मोलेर भए पनि घरघरमै राहत वितरण गर्न सफल भएकोमा हामी अत्यन्तै खुसी छौ । वितरीत राहतमध्य ५२ जना विद्यार्थीलाई वितरण गरिएको थियो ।

पहिलो चरणमा एनआरएनएले समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरेसँगै अहिले भने हामीले फान्समा रहनु भएको विभिन्न १३ संघसस्था मिलेर संयुक्त रुपमा राहत समिति गठन गरेका छौ । नेपाली राजदूतावास संरक्षक रहने गरि एनआरएनएसहित नेपाली संघसंस्था सम्मिलीत संयुक्त समिति समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले अगाडि बढिरहेको छ । समितिले १० हजार यूरो वरावरको कोष समेत खडा गरिसकेको छ । यो कोषलाई अझ बृद्धि गरेर लैजाने पनि तयारी गरिरहेका छौ । विभिन्न सहयोगी मनहरुलाई सहयोगको लागि समेत आह्रवान गरिरहेका छौ । अहिले समितिले आफनो कामलाई दुत्र ढंगले अगाडि बढाइरहेको छ । विपत्तिमा सबै एकजुट भएको खण्डमा समस्यामा परेका नेपालीलाई सहयोग पुर्याउन सकिन्छ भन्ने उद्देश्य हाम्रो हो । तत्कालको लागि यहाँ बसोबास गर्नुहुने नेपालीमा खासै समस्या नभए पनि लकडाउन लम्बिदै जाँदा समस्या बढ्ने देखिन्छ । जस्तो, विद्यार्थीहरुलाई पहिलो चरणमा राहत वितरण गरे पनि धेरै विद्यार्थीहरु खाद्यान्नसँगै कोठा भाडा तिर्न नसक्ने अवस्थाले गर्दा पनि बढी चिन्तित भइरहनु भएको छ । यस सम्बन्धी धेरै गुनासाहरु आइरहेका छन् । यस विषयमा पनि हामीले संयुक्त समितिमा छलफल गरि सहयोग गर्ने तयारी गरिरहेका छौ । फान्समा अनुमानीत १ हजारको हाराहारीमा नेपाली विद्यार्थी रहेको पाइन्छ ।

केहि दिन अघि मात्र एनआरएनएका कोरोना प्रभावीत विभिन्न ११ देशका एनसिसी अध्यक्षसहित आइसिसी अध्यक्ष कुमार पन्त सहभागि हुनुभएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको छलफलमा मैले पनि सहभागि हुने मौका पाएको थिए । सो अवसरमा बोल्दै मैले मध्यपूर्वमा नेपालीको विकराल अवस्था रहेकोले सरकारलाई मध्यपूर्वमा बढी केन्द्रित हुन सुद्याए । किनकी मध्यपूर्वको विषयमा सुन्दै जाँदा हामीभन्दा धेरै विकराल र भयवह अवस्था रहेछ । हामीले चाह्यौ भने यहाँका नेपाली समुदाय एक भएर पनि समस्यामा परेका नेपालीलाई बचाउन सक्छौ । तर मध्यपूर्वमा भने लाखौ लाखको संख्यामा रहेका नेपालीमा त्यो सम्भव भएको देखिन्न ।

फान्समा अनुमानीत ५ देखि ६ हजार नेपाली रहेको पाइन्छ । यो संकटमा हामी जहाँ छौ, त्यही सुरक्षीत बस्ने भन्दा अर्को विकल्प पनि छैन । त्यसैले कोरोना महामारी नियन्त्रणमा नआएसम्म सरकारले पनि विदेशमा भएका नेपालीलाई नेपालमा लैजाने भन्दा सम्बन्धीत दूतावासमार्फत खानाको वन्दोवस्त गर्दै सम्बन्धीत ठाउँमा राखेको खण्डमा कोरोना नियन्त्रणमा सहज हुने देखिन्छ । अन्तमा फान्समा बस्नुहुने सम्पूर्ण नेपाली समुदायमा यदी तपाईलाई कुनै समस्या छ भने हामीलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । यो विपत्तिमा सबैलाई एकजुट भएर कोरोना विरुद्धको लडाई सफल बनाउन अपिल समेत गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | ११ बैशाख २०७७, बिहीबार २१:४८