‘कबड्डी कबड्डी कबड्डी’को रिलिज पोस्टपोन्ड

काठमाडौँ : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को रिलिज पोस्टपोन्ड भएको छ ।  भाद्र १३ गते आउने रिलीज हुने निश्चित भएको उक्त फिल्म अब असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण टिमले बताएको छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ राई र अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार ०६:२३