बजेटमा वृद्धवृद्धा भक्ता १ हजार बढाउने तयारी

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा वृद्धवृद्धाको भत्ता करिब १ हजार बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा वृद्धवृद्धा बढाउने तयारी गरिहेको हो । सामाजिक सुरक्षाको रूपमा रहेको वृद्धवृद्धाको भत्ता पनि यसपटक करिब १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढ्ने घोषणा समेत गरिसक्नुभएको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०९:३०