नेकपा समर्थित वैदेशिक रोजगार व्यवसायीहरु एकजुट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई भइसकेपनि नेकपा समर्थित वैदेशिक रोजगार व्यवसायीहरु भने एकजुट देखिएका छन् ।
नेकपा एकपछि बनेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संयोजक रामप्रसाद भन्तना हुनुहुन्छ भने सहसंयोजक राजेन्द्र भण्डारी रहनु भएको छ । विगतमा जस्तै पदीय दायित्वमा उहाँहरुले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई भेटेर बधाई दिदैं ज्ञापनपत्र बुझाउनु भयो ।
यसअघि पनि मञ्चको बैठक बसेर पार्टीमा फुट देखिएपनि व्यवसायीहरु एकजुट भएरै अघि बढ्ने निष्कर्ष निकालिएको थियो ।
भन्तना पूर्वमाओवादी हुनुहुन्छ भने भण्डारी पूर्वएमालेका रहनु भएको छ । उहाँहरुले व्यवसायीको तर्फबाट वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्यामा समाधानका लागि भन्दै मन्त्री चौधरीलाई ४ पृष्ठ लामो पत्र पनि दिनु भएको छ ।
सो भेटका अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ समेत सहभागी रहनु भएको थियो ।


प्रकाशित | २७ पुष २०७७, सोमबार १४:१६