कागेश्वरी मनोहरा-१ का जनप्रतिनिधिले एक महिनाको भक्ता वरावरको रकम विपन्न परिवारका बालिकाको स्वास्थ्य बिमामा खर्च गर्ने

काठमाडौं:  ११४ औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा कागेश्वरी मनोहरा नगपालिका वडा नंं १ जनप्रतिनिधिले एक महिनाको भक्ता वरावरको रकम विपन्न परिवारका बालिकाको स्वास्थ्य बिमामा खर्च गर्ने घोषणा गरेका छन् ।

वडाध्यक्ष मकुन्द गजुरेलले ‘महिलामा लगानी समुन्नत समाजको थालनी ‘ नारालाई आत्मसाथ गर्न एक महिनाको भक्ता वरावरको रकम विपन्न परिवारको बालिकाको स्वास्थ्य बिमामा खर्च गर्ने निर्णय गरिएको बताउनुभयो ।

वडाध्यक्ष गजुरेलका अनुसार नगरपालिकाले प्रत्येक वडालाई खाजा र प्रशासनिक खर्च बापत बिनियोजन गरेको १५ हजार, वडाध्यक्षको २६ हजार र वडा सदस्यको १ महिनाको मासिक भत्ता बापत प्राप्त हुने रकम करिब २७ हजार गरी जम्मा ५३ हजार थप गरी ६८ हजार रकमबाट वडाका बिपन्न परिवारका बालिकाको स्वास्थ्य बिमामा खर्च गरिनेछ।

त्यस्तै, यस कोषमा सहयोग गर्ने अन्य सहयोगीबाट प्राप्त रकम थप गरी कोष बृद्धि गर्दै लगिने छ । साथै ईच्छुक सहयोगीहरुलाई सहयोगको लागि समेत अपिल गरिएको छ ।


प्रकाशित | २५ फाल्गुन २०८०, शुक्रबार २२:०६