सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो

कैलाली:  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि सरकार ढलेको छ । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो ।

प्रदेशभामा पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उहाँले बहुमत पाउन सक्नु भएन् । यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

यसअघि उहाँलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँगै रावलले विश्वासको मतका लागि संख्या पुर्‍याउन नसक्नु भएको हो ।


प्रकाशित | २६ माघ २०७९, बिहीबार १८:०८