प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस पराजित भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो।

देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी ६७३ मत प्राप्त गर्दै विजयी हुनु भयो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाउनु भयो । उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १७:१७