विश्वकप छनोट यू–१९ क्रिकेट : कप्तान रोहितको अर्ध शतक पुरा

एजेन्सी : आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुर र नेपालबीचको खेल मलेसियाको क्वालालाम्पुरमा जारी छ । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको छ ।  नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ बलमा अर्ध शतक पुरा गर्नुभएको छ । रोहित ४९ बलमा ५ चौका प्रहार गर्दै ५० रनमा खेलि रहेका छन् । रोहितलाई कुशल मल्लले ४ रन बनाई साथ दिनुभयो ।

ओपनर पवन सरार्फ अर्ध शतक पुरा गर्न ३ रनले चुक्नुभयो । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट हुनुभयो । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गनीले सुदर्सनबाट क्याच गराउनुभयो ।  नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा राहुल शर्माले रित गौतमलाई १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गर्नुभयो । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काउनुभयो ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याउनुभयो । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट हुनुभयो । भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट हुनुभएको हो ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १०:३१