नेपाल र भियतनामबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं: नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षार भएको छ । कुटनीतिक तथा सरकारी राहदानी वाहक नागरिकलाई बिना भिसा मुलुक प्रवेश गर्न दिने तथा दुबै मुलुकको सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षार भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला सो सम्झौता भएको हो । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा भियतनामको विदेश मन्त्रालयका प्रतिनिधि न्गुएइन कुक डुङले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै, दुई मुलुकबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौताको आशयपत्रमा समेत सम्झौता गरिएको छ । भियतनामको राजधानी हनोईमा रहेको राष्ट्रपतीय कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी तथा भियतनामको उद्योग उपमन्त्री डाङ आओङ आनले उक्त आशयपत्रमा हस्ताक्षार भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री ङ्युएन सुआन फुकले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १९:२४