चाडबाडमा पनि डेंगी रोग नियन्त्रणमा जुट्यो चाँगुनारायण नगरपालिका, सरोकारवालाहरुलाई अभिमुखीकरण, रोग फैलन नदिन सचेत रहेको मेयर खत्रीको प्रतिबद्धता

भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगी रोग नष्ट गर्न सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालीहरुको महान् चाड बडादशैंको बेला पनि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।No description available.

सोमबार भएको कार्यक्रममा डेंगी रोग सार्ने लामखुट्टेको पानीमा बिकसित हुने अण्डा, प्युपा तथा लार्भा नाशक औषधि छर्कने सम्बन्धि अभिमुखीकरण दिइएको थियो ।
डेंगी रोगबाट नगरबासीलाई बचाउन सोही अनुसारको कदम अघि सारिएको मेयर जीवन खत्रीले बताउनु भयो ।

No description available.No description available.

मेयर खत्रीले रोगको महामारी फैलिनुअगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियानलाई तिब्र पारिएको मेयर खत्रीले स्पष्ट पार्नु भयो ।No description available.

डेंगी रोकथाम तथा नियन्त्रणका लागि डेंगी रोग खोज तथा नष्ट अभियानलाई नगरपालिकाले तिब्र बनाउदै लगेको हो । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान सञ्चालन गरिरहेको हो ।

 

 


प्रकाशित | २९ आश्विन २०८०, सोमबार २०:३१