कांग्रेस भक्तपुर प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सार्वजनीक

भक्तपुर: नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सावर्जनीकरण गरिएको छ । सोमबार कांग्रेस भक्तपुर सभापति तथा सांसद दुर्लभ थापा, केन्द्रीय सदस्य रमा कोईराला पौडेल र प्रदेश सभा ‘क’ का सभापति प्रदिप कार्कीले संयुक्त रुपमा लोगो सार्वजनीक गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै सांसद थापाले यस खाले सम्मेलनले पार्टी सुदुढीकरण, गतिशिल र क्रियाशील बनाउनुका साथै संगठनलाई उर्जा थप्ने बताउनुभयो । सम्मेलन सफल बनाउन सबै एक जुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सभा क का सभापती प्रदिप कार्कीले सम्मेलनले सबै कार्यकर्ताहरुलाई रक्तसञ्चारको काम गर्ने बताउनुभयो । उहाँले सम्मेलनबाट नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन र संगठनको भावी कार्ययोजना तय गर्ने बताउनुभयो । उहाँले पार्टीलाई बलियो र गतिशिल तथा कार्यकर्ताहरुलाई सक्षम र सबल बनाउन सम्मेलनले मद्दत गर्ने बताउनुभयो ।

प्रदेशसभा सम्मेलन यही कात्तिक १८ गते शनिबारका दिन चिनारी दधिकोट पार्टी प्यालेसमा हुँदैछ ।


प्रकाशित | १३ कार्तिक २०८०, सोमबार १७:१६