शङ्कास्पद मृतक सुत्केरीको गाउँमा लकडाउन कडा पारियो, आउजाउ गर्ने बाटोमा उच्च निगरानी

सिन्धुपाल्चोक: जिल्लाको बाह्रबिसेमा प्रहरीले लकडाउन कडा बनाएको छ । नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लकडाउन थप कडा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काफ्लेले बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गर्दै
गाउँका कसैलाई कतै जान नदिन प्रहरीले थप कार्य अघि बढाएको जानकारी गराउनुभयो ।

प्रहरीले आउजाउ गर्ने सबै बाटोमा उच्च निगरानी समेत बढाएको छ । सुत्केरी महिलाको पीसीआर रिपोर्टको आधारमा गाउँ सिल गरिने तयारी प्रहरीले गरिरहेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १९:०३