सानिमा लाइफ र सिद्धार्थ बैंकबीच बिमा सेवा सम्झौता

काठमाडौं: सानिमा लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच जीवन बिमा सेवासम्बन्धी सम्झौत भएको छ । कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा कम्पनीकातर्फबाट नायव महा प्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठसमेतको उपस्थिति थियो । सम्झौताअनुसार ग्राहकहले बैंकका सम्पूर्ण १ सय ५५ शाखाबाट सानिमा लाइफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बिमा सेवा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १०:३४