एनआरएनए सचिवमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

काठमाडौँ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा राजेन्द्र पुडासैनीले उम्मेदवारी दिनु भएको छ । एनआरएनएको अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन गइरहेको विश्व सम्मेलन तथा निर्वाचनका लागि उहाँले आफ्नो एजेण्डासहित उम्मेदवारी दिनु भएको हो ।

उहाँले एनआरएनएको ग्रासरुटसम्म पुग्नेर उनीहरुकै कुरा सुन्दै सबल र बलियो संस्था बनाउन भूमिका खेल्ने प्रमुख एजेण्डा अघि सार्नु भएको छ । अधिकतम एकेडेमिक व्यक्तिहरूलाई संस्थातर्फ आकर्षित गराउन भूमिका खेल्ने, संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने, महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्नेलगायतका एजेण्डा पुडासैनीले अघि सानु भएको छ ।

यो पटक ४१ सय ९२ जना प्रतिनिधिहरुले नेपाल र विदेशबाट गरी मतदान गरेर नयाँ कार्यसमिति चयन गर्नेछन् ।


प्रकाशित | २७ आश्विन २०८०, शनिबार १७:४७