कर्णाली नदीमा बेपत्ता सबै यात्रुको अवस्था अज्ञात: हेलिकोप्टरबाट खोजी गरिदैं

हुम्ला : कर्णाली नदीमा बेपत्ता सबै यात्रुको अवस्था अज्ञात छ । अहिले घटनास्थलमा खोजी कार्य जारी रहेको छ । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित १६ जना सवार जीप दिउँसो कर्णाली नदीमा खसेको हो। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको हो ।

वेपत्ताहरुको खोजीमा पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी जुटेका छन्। जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार रहेको प्रहरीले पुष्टि गरेको छ । अहिले हेलिकप्टरबाट समेत खोजी भइरहेको छ । घटनाको विषयमा अझै विवरण आउँन सकेको छैन ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १६:०५