एनआरएनएलाई बलियो र विश्वासिलो बनाउन लागिपर्नेछु : सुनील साह, उपाध्यक्ष उम्मेदवार

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष तथा आगामी कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेदवार सुनील साहले आर्थिक पारदर्शीता र संस्थालाई बलीयो बनाउन लागीपर्ने बताउनु भएको छ । उपाध्यक्ष उम्मेदवार साहले संस्थाप्रतिको विश्वास, गरिमा र साखलाई उच्चो बनाएर बलियो बनाउन सबै लागिपर्नुपर्ने बताउनुभएको हो । संघको महाधिवेशन नजिकिंदै गर्दा उपाध्यक्षका उम्मेदवार साह चुनावी तयारीमा हुनुहुन्छ ।

साहले एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठलाई समर्थन गर्दै श्रेष्ठको टिमबाट उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको छ ।

साहले एनआरएनए अभियानलाई अझ बढी सशक्त बनाउन आवश्यक रहेकोमा समेत जोड दिनु भएको छ । यो अभियानले विश्वभरि रहेका आम गैर आवासीय नेपालीहरुलाई पुलको रुपमा जोड्ने काम गर्ने बताउँदै साहले  एनआरएनएलाई पारदर्शी र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ टिमबाट उम्मेदवारी दिन लाग्नु भएको उहाँले उपाध्यक्ष विशेषको ब्यक्तीगत एजेन्डा नभए पनि नेतृत्वले अगाडि सारेको एजेन्डालाई कार्यान्वयनमा सघाउ पुर्याउने बताउनुभयो ।

एनआरएन अभियानमा साहको सक्रियता लोभलाग्दो छ ।  आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको छ ।

एनआरएन अभियानमा साहको सक्रियता लोभलाग्दो छ । एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा होस वा आइसिसी कोषाध्यक्षको जिम्मेवारीमा रहँदा किन नहोस साहको सक्रियता सबैको लागि उदाहरणीय छ । एनआरएनएमा आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको छ ।

उहाँले संस्थाको आर्थिक अवस्था के कस्तो छ भन्ने सबैमा अन्यौलता रहीरहेको अवस्थामा मासिक रुपमा संस्थाको आय ब्यय प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनीक गर्ने परिपाटीको शूरुवात गर्नुभयो । यति मात्र नभई साहकै नेतृत्वमा मधेश प्रदेशमा मोबाइल ब्लड बैक बस परियोजना अगाडि बढिरहेको छ । अब चाँडै बस खरिद गरेर हस्तान्तरण हुँदैछ ।

साहले विगतदेखि नै विश्वभरका विभिन्न देशका एनसिसीमा पुगेर त्यहाँको समस्या, अवस्था बुझ्ने प्रयास गर्दै आउनु भएको छ । उहाँले एसिया प्याशिफिक, युरोप, मध्यपूर्वका अधिकांश देशमा रहेका गैर आवासीय नेपालीहरुसँग भेटघाट गरि एनसिसीलाई कसरी बलियो बनाउन सकिन्छ भनेर राय सुझाव समेत संकलन गरिसक्नु भएको छ ।


प्रकाशित | २० आश्विन २०८०, शनिबार २१:३७