भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ब्यक्तीगत रुपमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्नु भएको छ ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर, चाँगुनारायण तथा साँस्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा नगरपालिकाका विभिन्न टोलीसहित सहभागी हुनु भएको नगरप्रमुख थापाले सो सहयोग गर्नु भएको हो ।
सो सहयोग नगर प्रमुखको धर्मपत्नी अम्बिका थापाको नाममा गर्नु भएको हो । मेयर थापाले नगरपालिकाको तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभयो । सो अवसरमा नगरप्रमुख उपप्रमुख तिमिल्सिनाले १५ हजार ५५५ सहयोग गर्नु भएको छ ।
महायज्ञमा वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थ , २ का प्रदिप कार्की, ३ का दिपेन्द्र केसी, ४ का लक्षुराम केसी, ५ का राजकुमार न्यौपाने र ६ का ईश्वर खड्का, वडा नं ७ का रविन्द्र सापकोटा, ८ का पुष्पराज बस्नेत, ९ का भगवान खत्री र वडा नं १० का शिवराम राउतको पनि सहभागीता रहेको थियो ।
प्रकाशित | १७ आश्विन २०८०, बुधबार १९:२०