एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।

एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको स्पष्ट पार्नु भएको हो ।

गैर आवासीय नेपाली संघका कार्यक्रमहरु परिणामुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गरिने र प्राविधिक, आर्थिक, सामाजीक, साँस्कृतिक र वातावरणीय पक्षहरुको गहन अध्ययनपछि मात्र संघका परियोजनाहरुको निर्धारण गरिने श्रेष्ठको भनाई छ ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले ब्यापक छलफल र परामर्शपछि संघको दुई वर्षे कार्ययोजनासहितको क्यालेण्डर तयार गर्ने, आईसिसी र एनसिसीका क्रियाकलपहरु समेत सोही कार्ययोजनामा समाहित गर्ने योजना रहेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघलाई अत्याधुनीक डिजिटल प्रविधियुक्त बनाउने, सचिवालयका सबै अभिलेखहरुलाई डिजिटलाई गर्ने र संघले हाल प्रयोग गर्दै आएको एमआइएस सिस्टमलाई थप सरल र सुरक्षित बनाइने ।

गैर आवासीय नेपाली संघलाई अत्याधुनीक डिजिटल प्रविधियुक्त बनाउने एजेन्डा रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, ‘मैले निर्वाचन जितेमा सचिवालयका सबै अभिलेखहरुलाई डिजिटलाई गर्नेछु । संघले हाल प्रयोग गर्दै आएको एमआइएस सिस्टमलाई थप सरल र सुरक्षित बनाउन लागिपर्नेछु ।’

श्रेष्ठले सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको ब्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दिगो वैकिल्पिक स्रोतको खोजि गरिने र स्मार्ट एनआरएनए परियोजनाका विविध आयामलाई सबलीकरण गर्दै मेम्बरसीप बेनिफिट कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थले एनआरएन अभियानलाई संस्थागत गर्न र दिगो बनाउनका लागि महेश श्रेष्ठ नेतृत्वलाई विजयी गराउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

आफ्नो छुट्टै एजेन्डा नभएको बताउँदै आफू विजयी भएमा अध्यक्ष श्रेष्ठले अगाडि सार्नु भएका एजेन्डालाई कार्यान्वयन गराउन सहयोग गर्ने बताउनुभयो ।


प्रकाशित | १६ आश्विन २०८०, मंगलवार १८:५८