यस्तो छ आजको मौसम

काठमाण्डौ : आज पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, तीन दिन देशभरिको मौसम बदली हुने भएको छ । धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भवाना छ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको हो ।

बैशाख २८ गते (शनिवार):

दिउँसो: पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १०:१५