प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लागेको प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण शुक्रबार दिउँसो आकस्मिक अवतरण गरेको हो । प्रधानमन्त्री ओली ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गर्नुभएको थियो । रासस


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १९:४२