एनआरएनएको नेतृत्व हाँक्न महेश श्रेष्ठको बलियो दावेदारी, अभियन्ताहरुले दिए सकारात्मक प्रतिक्रिया

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले चुनावी अभियान तीब्र बनाउनु भएको छ । यतिबेला चुनावी अभियानकै क्रममा श्रेष्ठ अष्ट्रेलियााको भ्रमणमा हुनुहुन्छ ।

अष्ट्रेलिया भ्रमणको क्रममा उहाँ एनआरएनए अष्ट्रेलियाको साधारणसभामा सहभागि हुनुहुनेछ भने गैर आवासीय नेपाली अभियन्ताहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रजातान्त्रिक समूहका साझा उम्मेदवार रहनु भएको श्रेष्ठले यसअघि यूकेसहित युरोपका विभिन्न देशहरुको भ्रमण गरिसक्नु भएको छ । अध्यक्ष पदमा बलियो दावेदार रहनु भएका श्रेष्ठलाई प्रजातान्त्रिक समूहबाट पूर्ण समर्थन रहेको छ ।

गैर आवासीय नेपाली समुदायमा प्रजातान्त्रिक पक्षधरको बलियो पक्कट रहँदै आएको छ । श्रेष्ठलाई एनआरएन अभियन्ता तथा पूर्वअध्यक्ष लगायत पदाधिकारीहरुको पनि समर्थन भएपछि सबैको राय र सल्लाह सुझाव अनुसार नेतृत्वको लागि अगाडि बढ्नु भएको हो ।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आइसिसी कोषाध्यक्षमा लोकप्रिय मतका साथ विजयी हुनु भएको थियो । कोषाध्यक्ष हुँदा संस्थालाई आर्थिक पारदर्शीता कायम गर्नेदेखि आर्थिक अवस्था सुधार गर्न उहाँ सफल हुनु भएको थियो । हाल एनआरएनए उपाध्यक्ष रहनु भएको श्रेष्ठ गैर आवासीय नेपाली समुदायमाझ इमानदार र स्वच्छ छवीको रुपमा चिनीनुहुन्छ ।

श्रेष्ठले विशेष गरि गैर आवसाीय नेपाली संघले उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरतालाई कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आउनु भएको छ ।

एनआरएनएको आगामी कार्यकालको लागि अक्टोवरमा हुने निर्वाचनमा अहिलेसम्म श्रेष्ठसहित अर्का उपाध्यक्ष राजेन्द्र कुमार शर्मा र उपमहासचिव विनय अधिकारीलगायतले उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ भने अध्यक्षद्धय डा. बद्री केसी र रविना थापाले पनि नेतृत्वमा आंंकाक्षा राख्नु भएको एनआरएन वृत्तमा चर्चा छ ।


प्रकाशित | १४ भाद्र २०८०, बिहीबार २१:३९