म्याग्दीमा चट्याङ लागेर ६ जना घाइते : घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर

म्याग्दी : म्याग्दीमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । म्यादीको मालिका गाउँपालिका–२ बिलवाङमा सोमबार चट्याङ लागेर ६ जना घाइते भएका हुन । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घरभित्र बसिरहेका मिराकुमारी, टकसरा, बिवस, खगेन्द्र, कमानसिङ र पवित्रा पुन घाइतै भएका हुन । इलाका प्रहरी कार्यालय दरवाङका अनुसार घाइतेलाई उपचारका लागि बिलबाङदेखि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार २१:२३