लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे को लायन बर्ष २०२३/०२४ को प्रथम क्याबिनेट बैठक सम्पन्न

काठमाडौँ: लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे को लायन बर्ष २०२३/०२४ को प्रथम क्याबिनेट बैठक काठमाडौँ धुम्बाराही स्थित कुण्डलिनी दरबार बैंकेटमा सम्पन्न भयो। साहसिक सुरुवात भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तरास्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी साथै बिशिष्ठ अतिथिको रुपमा पि.आइ.डि लायन संजय खेतानको उपस्थित रहेको थियो।

त्यसैगरी विशेष अतिथि लायन खगेन्द्र सिटौला, लायन केशब पाण्डे ,लायन विशेस्वर आचार्य, निबर्तमान डिस्ट्रिक गभर्नर धुर्ब श्रेष्ठ पी डी जी लायन ध्रुब थापा, लायन योगेन्द्र प्रधान र लायन प्रेम बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। जहाँ आबश्यकता त्यहाँ लायन्स ( हामी सेवा गर्छौ भन्ने भावना लायन्स क्लब अन्तरास्ट्रियको रहदै आएको छ।

लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे ले आयोजना गरेको एक दिवसीय कार्यक्रम क्याबिनेट सेक्रेटरी लायन आर बि अधिकारीले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता डिस्ट्रिक गभर्नर लायन हरि प्रसाद मरहठाले गरेका थिए। डिस्ट्रिक क्याबिनेट बैठक लायन्स क्लब अफ काठमाडौँ बुढीगण्डकीले होस्ट गरेको थियो। गण्डकी क्षेत्र र बागमती क्षेत्र गरि करिब ५०० भन्दा बढी लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा २३ वटा नयाँ क्लबको समुद्घाटन, पदाधिकारीहरुको पदस्थापन साथै उत्कृस्ट कार्य सम्पादन गर्ने लायन्स सदस्य लाइ सम्मान एबम् डिस्ट्रिकको वर्तमान तथा भबिष्यको कार्य योजना लगायतका बिबिध बिषयमा डिस्ट्रिक गभर्नर हरि प्रसाद मरहठाले आफ्नो मन्तब्य सहित प्रस्तुत गरेका थिए। साथै डिस्ट्रिकको आर्थिक गतिबिधी सम्बन्धि विवरण क्याबिनेट ट्रेजरर लायन कपिल तिमल्सिनाले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि बालकृष्ण बुर्लाकोटीले लायन्स अन्तरास्ट्रियको वर्तमान तथा भविष्यको योजना र लायन्स क्लब तथा सदस्यको भूमिका कस्तो रहनु पर्छ भन्ने बिषयमा आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । त्यसैगरी बिशेष अतिथिको रुपमा पि.आइ.डि लायन संजय खेतानले नेपालमा लायानिजम को विकास र बिस्तारमा गरेको ऐतिहासिक उपलब्धिलाइ लायन्स अन्तरास्ट्रियले सधै प्रसंसा गरेको सन्दर्भलाइ ब्यक्त गरेका छन।

डिस्ट्रिक ३२५ जे को आफ्नो प्रमुख कार्यक्रम अन्तर्गत बि. एस .एफ फण्ड स्थापना गरि समाजमा उत्कृस्ट योजना भएका कम अवासर पाएका व्यक्तिहरुको लागि स्टार्ट अप फण्ड प्रदान गर्ने गरि उधमशिलता को बिकास र सामाजिक सेवालाई संगै जोडेर अगाडी बढ्ने र उत्कृस्ट डिस्ट्रिक निर्माण गर्नका लागि सबै संग सहकार्य गर्ने कुरा को चिफ एड्भाइजर एबम् बि एस एफ को(अर्डिनेटर लायन देबी गुरुङ्गले जानकारी गराएकी छन्।

डिस्ट्रिकले गुणस्तरीय लायन्स सदस्य, लायन्स बिजनेस एण्ड प्रोफेसनल सर्कल, लायन्स कोएस्ट र नेपाल लायन्स फाउन्डेसन जस्ता महत्वपुर्ण बिषयलाई प्राथमिकताका साथ अगाडी बढाएको र सोहि बमोजिम डिस्ट्रिकका सम्पूर्ण पदाधिकारीलाई सेवाको भावना सहित एकजुट भएर कार्यसम्पादन गर्नका लागि आग्रह गर्दै डिस्ट्रिकले प्रथम क्याबिनेट बैठक समापन गरेको कुरा पब्लिकेशन चिफ लायन श्रीषा पौडेलले जानकारी गराएकी छन् ।


प्रकाशित | ३ भाद्र २०८०, आईतवार ०७:२२