भक्तपुर: मध्यपुर थिमी नगरपालिकाले आँखा पाक्ने रोगको संक्रमण बढेपछि नगरभित्र रहेका विद्यालयहरु दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले रोक रोकथामका लागि भन्दै साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मध्यपुर थिामि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुमा आँखा पाक्ने रोगको संक्रमण बढेकोले निजी तथा संस्थागत विद्यालयका संघ संस्थाहरुसँगको छलफलमा दुई दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रकाशित | २८ श्रावण २०८०, आईतवार २१:५०