शैक्षीक गुणस्तर सुधार्न चाँगुनारायण नगरपालिकाको सक्रियता, मेयर खत्रीको नेतृत्वमा विद्यालय निरीक्षण

भक्तपुर : शैक्षीक गुणस्तर सुधार्न चाँगुनारायण नगरपालिका लागिपरेको छ । चाँगुनारायण नगर भित्रका सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तीब्रता दिइएको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले अनुगमन गर्ने कार्यलाई अगाडि बढाइरहेको हो ।

बुधबार मात्र वडा नंं ८ स्थित एक विद्यालयमा नगर प्रमुख जीवन खत्री, नगर प्रवक्ता जनक खत्री र शिक्षा शाखा प्रमुख वीर बहादुर खडकालगायतको विज्ञ टोलीले निरीक्षण गरेको छ ।

सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुगमन कार्यलाई तीब्र दिइएको हो ।

हालसम्म आधारभूत तथा माध्यामीक तहका डेढ दर्जन भन्दा बढी विद्यालयहरुको अनुगमन गर्ने कार्य सम्पन्न भएको छ ।

अनुगमनका क्रममा आभारभूत तहका विद्यालयहरुमा पुस्ताकालय, विज्ञान प्रयोगशाला, आइसिटी ल्यावहरु र माध्यामीक तहका विद्यालयहरुमा विषयगत शिक्षकहरुको अप्रयाप्तता रहेको पाइएको छ ।

नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले यो आर्थिक वर्षका लागि सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन गर्ने, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी कार्यशाला, विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्ने नीति लिएको बताउनुभयो ।

यही शैक्षीक सत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाई क्रियाकलप थप प्रभावकारी रुपमा सञ्चालन गर्ने, शैक्षीक गुणस्तर बृद्धि गर्न प्रधानाध्यापकसँग करार सम्झौता, विद्यालयको भौतिक एवं शैक्षिक सुधार तथा शिक्षक तालिम कार्यक्रमलाई प्रभावकारी बनाउने नीति पनि लिएको मेयर खत्रीको भनाई छ ।


प्रकाशित | २५ श्रावण २०८०, बिहीबार २१:०२