सुत्केरी महिला उपचारको लागि धामीझाँक्रीका घर पुगेकी थिइन्

चित्र मिजार / सिन्धुपाल्चोक

कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।

सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि एक युवकले माेटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकाेमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेका थिए ।

पछि एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए ।

सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बाेलेरो गाडीमा हालेर घर ल्याइएको थियो ।

घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए । केन्द्रमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएकाे थियो । गोरखापत्र अनलाइनको सहयोगमा


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १९:४२