फेरि थुनियो महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

काठमाडौं : काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ। ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ।

महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुईकोठे भवन भत्काएका थिए। भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो। तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो। सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो। यो समाचार आजको नागरिक दैनीकमा छ ।

ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ। ढलको पानी थुनिएर दर्जनौं कार्यालय र पसल रहेका भवनका भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ। दुर्गन्धका कारण विभिन्न कार्यालयका कर्मचारी र व्यापारी नाकमुख थुनेर काम गर्न बाध्य छन। दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ। ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ।


प्रकाशित | २६ असार २०७६, बिहीबार ०९:३४