एनआरएनए उपाध्यक्षमा गणेश केसीले उम्मेदवारी दिने

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्टे«लिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ ।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले ११ औ अन्तराष्ट्रिय महाधिवेशशनमा ओसिनीया क्षेत्रबाट उपाध्यक्षमा उम्मेदवारी दिने चाहाना राख्नु भएको हो ।

वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनए अष्टे«लियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न ट्राक्स फोर्समा रहेर जिम्मेवारी निर्वाह गर्नु भइसकेको छ ।

हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीमा रहनु भएको छ । केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।


प्रकाशित | २३ श्रावण २०८०, मंगलवार १८:१६