एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा विजयी, अन्य कुन पदमा कसले जिते ?

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा विजयी हुनु भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटा अध्यक्ष विजयी हुनु भएको हो ।

सन् २०१३ मा एनआरएनए आयरल्याण्डको आजीवन सदस्य बन्नु भएको सापकोटा बाग्लुङ समाज आयरल्याण्डको संस्थापक अध्यक्षदेखि नेपाली जनसम्पर्क समिति सचिव हुँदै विभिन्न संघसंस्थामा काम गर्नु भएको अनुभव छ । एनआरएनएको विभिन्न टाक्सफोर्समा बसेर पनि काम गर्नु भएको अनुभव छ ।

आइसिसी सदस्य पदमा भने विक्रम खाड निर्विरोध निर्वाचीत हुनु भएको छ । कार्यसमितिको उपाध्यक्षमा चेत राज ओली र शिव बहादुर थापा विजयी हुनु भयो । महिला उपाध्यक्षमा सिता देवी थापा (सरु) निर्विरोध निर्वाचीत हुनुभयो । महासचिवमा चन्द्र काजी घले विजयी हुनु भएको छ ।

त्यस्तै, सचिवमा तेज ज्ञवाली, कोषाध्यक्षमा प्रवीण बराल, सहकोषाध्यक्षमा सम्राट प्रसाई, महिला संयोजकमा प्रजय न्यौपाने, युवा संयोजकमा विकल पौडेल निर्विरोध निर्वाचीत हुनु भएको छ ।

सदस्यहरुमा क्रमश : सविता घिमिरे, मिथु राना, प्रमिशा राना, हरि प्रसाद गौतम, इन्द्र प्रसाद पौखरेल पनि निर्विरोध निर्वाचीत हुनु भएको छ ।

निवर्तमान अध्यक्ष बिनोद कार्कीले नवनिर्वाचीत कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले नवनिर्वाचीत कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुहुँदै शपथ ग्रहण गराउनु भएको थियो ।


प्रकाशित | १० श्रावण २०८०, बुधबार १०:४४