एनआरएनए अमेरिकाको निर्वाचन परिणाम सार्वजनीक, अध्यक्षमा बञ्जाडे विजयी,अन्य कुन पदमा कसले जिते ?

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे विजयी हुनु भएको छ । आइतबार सम्पन्न अनलाईन मतदानमार्फत आगामी कार्यकाल २०२३-०२५ को लागि डा. बञ्जाडे ५ हजार ७३९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी दिलु पराजुलीले ४ हजार ८०६ मत प्राप्त गर्नुभयो ।

बञ्जाडे सन् २०१९-२०२१ कार्यकालमा एनसिसी अमेरिकाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने सन् २०२१ -२३ मा अध्यक्षमा पराजीत हुनु भएको थियो । डा. बञ्जाडेलाई एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थलगायतको टिमले समर्थन गर्नु भएको थियो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विकास उप्रेत्ति ४ हजार ९४५ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उपाध्यक्षमा भानु खरेल ४ हजार ३३५ र ज्ञानेन्द्र गुरुगं ३ हजार ८२६ मत, नेत्र पाण्डे ३ हजार ४१० र प्रेम तामागं ३ हजार ९०५, महिला उपाध्यक्षमा सुनीता सापकोटा कँडेल ४ हजार ५५९, युवा उपाध्यक्षमा अनुप खनाल ३ हजार ७२१ मत प्राप्त गर्दै विजयी हुनुभयो । महासचिवमा रामहरि अधिकारी ५ हजार १९७ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

त्यस्तै, सचिवमा दिपक सापकोटा ४ हजार ५१ र महिला सचिवमा शान्ति पौडेल ५ हजार ३९८ मत प्राप्त गदै विजयी हुनुभयो । कोषाध्यक्षमा सरोज सिग्देल ४ हजार ६९४ र सहकोषाध्यक्षमा दिपक पाण्डे ४ हजार ६५१ मत प्राप्त गर्दै विजयी हुनुभयो । युवा संयोजकमा तेज पौडेल ४ हजार ९६६ र महिला संयोजकमा ५ हजार ८९१ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

निर्वाचनमा आइसिसीको तर्फबाट सचिव राजन त्रिपाठी अनुगमनमा खटिनु भएको थियो भने क्षेत्रको तर्फबाट क्षेत्रीय संयोजक प्रकाश सापकोटा र आरसी पोखरेललगायत अनुमगन समितिमा रही खटिनुभएको थियो ।

अन्य कुन पदमा को को भए विजयी ?


प्रकाशित | ८ श्रावण २०८०, सोमबार १३:१७