काँग्रेस निर्वाचनमा जान तयार : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जान आफूहरू तयार रहेको बताउनुभएको छ । उहाँले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड पनि दिनुभएको छ ।

सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गर्नुहुँदै भन्नुभयो, “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।”

अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने उहाँले स्पष्ट पार्नुभयो । राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीका देशभरका साथीहरूले निर्वाचनमा रुचि देखाएको पनि जानकारी गराउनुभयो ।

काँग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भने लड्नुपर्ने अवस्था आएको बताउनुभयो । प्रतिनिधि सभा विघटनको कार्य असंवैधानिक रहेको जिकिर गर्दै भन्नुभयो, ‘निर्वाचन स्वतन्त्र हुन्छ हुन्न भन्ने भय छ, निष्पक्ष निर्वाचन नेपाली काँग्रेसको अबको मूल कार्यसूची हो ।’


प्रकाशित | २७ पुष २०७७, सोमबार ०९:४५