एनआरएनए अमेरिकाको निर्वाचनमा डा.अर्जुन बञ्जाडे बने जनसम्पर्क समितिको आधिकारिक उम्मेदवार

न्यूर्योक : नेपाली जनसम्पर्क समितिले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्नु भएको डा. अर्जुन बञ्जाडे आधिकारिक उम्मेदवार भएकाले भ्रममा नपर्न सबैमा अपिल गरेको छ ।

जनसम्पर्क समितिका संयोजक आनन्द विष्टले एक विज्ञप्ती जारी गर्नुहुँदै एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका प्रत्यासी एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका संस्थापक सदस्य मध्ये एक अर्जुन बन्जाडे आधिकारिक उम्मेदवार भएकाले मत दिई विजयी गराउन मतदातामा अपिल गर्नु भएको हो ।

विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएका डाक्टर बन्जाडे अमेरिकामा नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहिसक्नु भएको छ भने हाल समितिको सल्लाहकार हुनुहुन्छ ।

‘करिब एक दशक पहिलेदेखि एनआरएन अभियानमा प्रत्यक्ष जोडिएर काम गरिरहनु भएका डाक्टर बन्जाडेले दुई वर्ष पहिले पनि अध्यक्षका लागि प्रयास गर्नु भएको थियो। विभिन्न टास्कफोर्स र कार्य समितिमा बोर्ड अफ डाइरेक्टर हुँदै वरिष्ठ उपाध्यक्ष समेत भएर आफ्नो जिम्मेवारी बहन गरिसक्नु भएका उहाँ निर्वाचनको हारजितको अंक गणितलाई भुलेर निरन्तर यो अभियानमा लागिरहनु भएको छ। उहाँ आफुलाई सुम्पिएको जिम्मेवारी पुरा गरेर विश्वास आर्जन गरिसकेको व्यक्ति हुनुहुन्छ’, विष्टले भन्नुभएको छ ।

एनआरएन अमेरिकाको साखलाई जोगाउन र सबैले अपनत्व महसुस गर्ने एनआरएन बनाउन डाक्टर बन्जाडे उत्तम उम्मेदवार भएको विष्टको भनाई छ ।

‘उहाँ आफ्नो विवेकमा विश्वास गर्नुहुन्छ र आफुले बोलेका कुरा कार्यान्वयन गर्न प्रतिवद्ध हुनुहुन्छ। हामी सदस्यले उहाँलाई यसपटक एनआरएन अमेरिकाको अध्यक्षको नेतृत्व दिंदा आफ्नो मतको सदुपयोग हुनेछ भन्ने मेरो विश्वास छ’, विष्टले थप्दै भन्नु भएको छ, ‘त्यसैले म जन्मभूमिको यो भूगोलबाट मेरा मित्रजन र शुभेच्छुक सबैलाई यसपटक डाक्टर अर्जुन बन्जाडेलाई मतदान गरी विजयी गराउनु हुन हार्दिक अपील गर्दछु।


प्रकाशित | ५ श्रावण २०८०, शुक्रबार २१:५२