इन्टर मिलानलाई इटालियन सुपर कपको उपाधि

एजेन्सी -इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको दशौँ मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

इडेनले २१ औं मिनेटमा गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

इटालियन सुपर कपको फाइनलमा इन्टरले पहिलो पटक मिलानलाई हराएको हो ।


प्रकाशित | ५ माघ २०७९, बिहीबार ०९:३६