हल्लाको पछि नलागौं, संविधान संशोधनका विषयमा सबै दलहरु एक ठाउँमा छौं: सुवास नेम्वाङ

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) का नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा दर्ता भएको संविधान संशोधनको विधेयक चाडैं पारित हुने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरा गर्नुहँदै उपनेता नेम्वाङले सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता भएको र सवै राजनीतिक दलको समर्थन रहेकाले कुनै विवाद नरहेको पनि स्पष्ट पार्नुभयो ।

अब सरकारले यो प्रक्रिया अगाडी बढाउने भन्दै नेम्वाङले संविधान संशोधनपछि भारतसँग छलफल गर्ने र यसमा शंका नगर्न र राजनीतिक दलहरुले यो विषयमा थप छलफल गरुन भनेर हिजोको बैठकमा कार्यसूचीबाट हटाइएको बताउनुभयो ।

‘यो प्रस्तावबाट सरकार र कुनैपनि दलहरु पछि हट्ने अवस्थामा छैन् । ७० वर्षको राजनीतिक लडाइबाट दलहरुले धेरै कुरा बुझेका छन् । जनताले पनि बुझेका छन् । अब आफ्नो थैली बलियो बनाउने समय हो । हल्लाको पछि नलागौं । हामी राष्ट्रियताका विषयमा कुनै पनि दल अलग छैनौं । हामी एकताबद्ध छौं । यो सरकारलाई कसैको दवावले काम गर्ने वाला छैन् । त्यसमा पनि विपक्षीदल सहितका सवै दलहरु एकठाउमा छन् । यसका लागि सवै जाती भाषा, धर्म र दलहरु एक ठाउँमा आउनुपर्छ’, उहाँले भन्नुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १२:०१