एनआरएनएका पूर्व कोषाध्यक्ष प्रकाश पुन हङकङ नेपाली व्यापार संघको अध्यक्षमा निर्वाचित

हङकङ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व कोषाध्यक्ष प्रकाश पुन हङकङ नेपाली व्यापार संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट प्रकाश पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोक निवासी पुन प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तर्राष्ट्रियका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुनुहुन्छ ।

संघको बरिष्ठ उपाध्यक्षमा कविता गुरूड, उपाध्यक्षमा सुमन थापा महासचिवमा अर्जुन गौचन, सचिवमा भेषमनी श्रेष्ठ, कोषाध्यक्षमा टिका माया श्रेष्ठ, सहकोषाध्यक्षमा करूण श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा सुरज श्रेष्ठ, सन्तोषकुमार गुरूड, ज्ञानेन्द्र थापा र अनिता गुरूड हुनुहुन्छ ।

नेपाली महावाणिज्यदूत उदय राना मगरले संघको अधिवेशन उद्घाटन गर्नु भएको थियो । अधिवेशनको अवसरमा नेपाल एयरलाइसका कन्ट्री म्यानेजर नवराज उपाध्याय, एनआरएएन हङकङका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासंघका अध्यक्ष रिता गुरूड, चेम्बर अफ कर्मस अध्यक्ष डासुराम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ हङकङका सदस्य कृष्ण पाण्डे, मगर संघका अध्यक्ष हेम थापा, थकाली सेवा समितिका अध्यक्ष हर्क नारायण तुलाचन, तमाडःघेदुडका अध्यक्ष रमेश मुक्तान, अल्पसंख्यक नेपाली संगठनका अध्यक्ष शिला घामला नेपाली महिला संघका महासचिव अनु राई, क्षेत्री समाजका राजेन्द्र थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।


प्रकाशित | ४ पुष २०७८, आईतवार ०९:१९