म्यानमार एयर फोर्सको विमान ४३ यात्रु लिएर फर्कँदै

काठमाडौँ : म्यानमारबाट २६ जना नेपाली यात्रु लिएर आएका म्यानमार सेनाको २ वटा विमान शुक्रबार नै फर्कँदैछन्। उनीहरु नेपालमा रहेका ४३ म्यानमार नागरिकलाई लिएर फर्कँदै छन्।

त्रिभुवन अन्तरािष्ट्रय विभानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार जहाजमा ४१ जना बर्मेली नागरिक रहेका छन् भने २ जना नेपाली नागरिक रहेका छन् ।

विदेशमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न थालेपछि म्यानमारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काएर आफ्ना नागरिक लैजान लागेको हो । सेनाका दुईवटै विमान बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार १३:२४