कोरोनाका कारण एकैदिन १३ हजार १६९ जनाको मृत्यु

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ ।
एकैदिन ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका हुन् ।
एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।
संक्रमित २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् ।


प्रकाशित | ८ पुष २०७७, बुधबार ०८:३७