कागेश्वरी मनोहराको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमबीच अपाङ्ग तथा असहाय बालबालिका नवजीवन केन्द्र संगको समन्वयमा पुर्ण असक्त अपाङ्गता र अत्ति असक्त अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ५९ जना व्यक्तिहरूलाई विविध प्रकारका सहायक सामग्री वितरण गरिएको हो ।

महिला बालबालीका शाखा प्रमुख सविना श्रेष्ठका अनुसार अपाङ्गता भएका थेरापी आवश्यक भएका व्यक्तिहरूलाई फिजियो थेरापी सेशन र अपाङ्गता भएका बालबालिकाहरूलाई दिवा स्याहार केन्द्र सञ्चालन भईरहेको छ ।


प्रकाशित | १६ असार २०८०, शनिबार २१:२५