एनआरएनए यूकेबाट आइसिसी सदस्य पदमा सुशिला राईको उम्मेदवारी

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आइसिसी सदस्य पदमा सुशिला राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । एनआरएनए यूकेको तर्फबाट राईले आगामी (२०१९- २०२१ ) कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसअघि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको राईले एनआरएन यूकेको इतिहासमा काम गरेको,योगदान गरेको र लामो समयदेखि एनआरएनमा लाग्दै आउनुभएको अग्रज शेर सुनारलाई समर्थन जनाउँदै आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको हो । वर्तमान  (२०१७-२०१९ ) कार्यकालमा एनआरएनए यूकेको उपाध्यक्ष रहनु भएको राईले आगामी १४ सेक्टेम्बरमा हुन गइरहेको निर्वाचनको लागि आइतबार मनोनयन दर्ता गराउनुभएको हो ।

एनआरएनए यूकेमा सदस्यदेखि महिला संयोजक हुँदै उपाध्यक्ष पदमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आउनुभएको राई इमानदार छवी बनाउन समेत सफल हुनुहुन्छ । साथै एनआरएनए यूकेको हरेक गतिविधीमा सक्रियतापूर्वक काम गर्दै आउनुभएको राईको पञ्जीकृत सदस्यता बढाउन समेत महत्वपूर्ण योगदान छ ।

राई भन्नुहुन्छ, ‘विश्वभर रहेका ८० एनआरएनएमा हामी ठुलो राष्ट्र्ीय समन्वय परिषद् बन्न सफल हुँदै इतीहास रचेका छौ । यसको श्रेय हामी सवैलाई जान्छ । तपाई एनआरएनएका अग्रजहरु, आमा बुबा, दिदीवहिनी, दाजुभाईलगायत तपाईहरुको माया, प्रेम, सकारात्मक आलोचना र सुझावले मलाई सधै सकारात्मक कदम चाल्न उत्प्रेणा दिई रह्यो ।’

राई थप्दै भन्नुहुन्छ,  ‘मैले एनआरएनए यूके जस्तो पवित्र संस्थालाई एकता र सहमतिबाटै अघि बढाउनु पर्छ भन्ने उद्देश्यले मैले आईसिसि सदस्यका लागि निर्वाचन समितिमा आइइतबार मनोनयन पत्र दर्ता गराएको हुँ । विगत जस्तै मेरा कामको स्वतन्त्र मूल्यांकन गर्न र सकारात्मक मार्गमा अघि बढन तपाईहरुको माया अनिवार्य छ । मेरो स्वार्थ भनकै समाज सेवा हो । त्यही सामाज सेवालाई आईसिसी सदस्यका रुपमा अघि बढाउन चाहान्छु । मैले एनआरएनए यूकेमा गर्न बाँकी केही अधुरा काम पुरा गर्न चाहान्छु । यसका लागि तपाईको एक मत अनिवार्य छ । ‘

राई एनआरएन यूकेलाई समावेशी बनाउनुपर्छ भन्ने उद्देश्यले पनि अग्रजको सम्मान गर्दै एनआरएनए यूके जस्तो वश्वकै सबैभन्दा ठूलो एनसिसीलाई हाँक्न सक्ने शेर सुनारलाई समर्थन गरेका बताउनुभयो ।


प्रकाशित | २ भाद्र २०७६, सोमबार २१:३९