चन्द्रागिरिलाई कारबाही सिफारिस

काठमाडौंः चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआरए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, ‘अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइइएकाले वातावरण ऐन २०५३ को धारा १८ (१) अनुसार कारबाही गर्नु उपयुक्त देखिन्छ ,’ विभागले यसै साता मन्त्रालयमा पठाएको प्रस्तावमा भनिएको छ, ‘आयोजनाले संरचना निर्माण गर्दा ईआरए प्रतिवेदन ख्याल गरेको देखिएन ।’ वातावरण ऐनको धारा १८ (१) मा प्रस्ताव स्वीकृत नगराई वा स्वीकृत प्रस्तावविपरीत कुनै कार्य गरेतोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउनु सक्ने र त्यस्तो कार्य गर्ने कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०८:०८