नेपालमा जनसंख्यामध्ये नौ लाख बेरोजगार : सबैभन्दा धेरै प्रदेश २ र प्रदेश ३ मा सबैभन्दा कम

काठमाडौं : नेपालमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख बरोजगार रहेको तथ्यांक सार्वजनीक गरिएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको तेस्रो श्रम सर्वेक्षणअनुसार देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ। नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्।

श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी नौ लाख बेरोजागर रहेको केन्द्रीय तथ्यांक विभागको श्रम शक्ति सर्वेक्षण सन् २०१९ ले देखाएको हो । त्यस्तै, सबैभन्दा धेरै प्रदेश २ मा बेरोजगार रहेको पाइएको छ । सबैभन्दा कम प्रदेश ३ मा बेरोजगार रहेका छन्। तथ्यांकअनुसार प्रदेश १ मा १०.२ प्रतिशत, प्रदेश २ मा २०.१ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत,प्रदेश ५ मा ११.२ प्रतिशत, कर्णाली प्रदेशमा ९.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११.५ प्रतिशत बेरोजगार रहेको तथ्यांकले देखाएको छ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १८:०७