ग्रीसमा कृष्ण पोखरेलको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति गठन

काठमाडौं । ग्रीसमा गैर आवासीय नेपाली संघ (एनआरएनए) गठन गरिएको छ । एनआरएनए कोषाध्यक्ष सुनील साहको उपस्थितिमा कृष्ण पोखरेलको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्ष सन्तोष प्रसाद आचार्य र टिकाराम खड्काथोकी, सचिवमा अर्जुन केसी, सहसचिवमा अनील गुरुगं, कोषाध्यक्षमा साजन राई चयन हुनु भएको छ ।

त्यस्तै, सदस्यहरुमा सुजना श्रेष्ठ, पन्च गुरुगं, धुव्र गुरुगं, सृजना दाहाल (आचार्य), राजेश ओझा, रामु न्यौपाने, रविन्द्र मरासैनी र लाक्पा लामा चयन हुनु भएको छ ।

सो अवसरमा बोल्नुहुँदै एनआरएनए आईसिसी कोषाध्यक्ष साहले एनआरएनलाई नयाँ गतिमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । साहले यूरोपका विभिन्न देशमा भ्रमण गर्दै एनआरएनी अभियानको नेतृत्वको लागि अगाडि बढिरहनु भएको छ ।


प्रकाशित | ३१ जेष्ठ २०८०, बुधबार ०८:५१