नेपालको एकदिवसीय वरीयता दुई स्थान खस्कियो

काठमाडौं – नेपालको एकदिवसीय क्रिकेट वरीयता एक दुई स्थान तल खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो एकदिवसीय वरीयतामा नेपाल दुई स्थान खस्कँदै १८औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६ औँ स्थानमा थियो ।

एकदिवसीयको शीर्ष वरीयतामा न्युजिल्यान्ड, दोस्रो स्थानमा इङ्ल्यान्ड र तेस्रो स्थानमा अष्ट्रेलिया, चौथो स्थानमा भारत र पाँचौँ स्थानमा दक्षिण अफ्रिका रहेको छ । आईसीसी टी–२० वरीयतामा भने नेपाल यथा स्थानमा छ । नेपाल टी–२० वरीयताको १३ औँ स्थानमा छ ।


प्रकाशित | १६ चैत्र २०७८, बुधबार ०८:५६