अरुलाई दोष लगाएर भ्रमको खेती नगरौं: कुल आचार्य

काठमाडौं  – गैर आवासीय नेपाली संघ दशौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी तथा सल्लाहकार कुल आचार्यले अरुलाई दोष लगाएर भ्रमको खेती नगर्न आग्रह गर्नु भएको छ । आचार्यले आइसीसीलाई अनियमितता सच्चाएर मिलेर अघि बढ्न समेत आग्रह गर्नु भएको हो ।

‘एकरुपताको आधारमा निर्णय गर्नुस् । अगाडि बढ्नुस् । तपाइँलाई हामी सहयोग गर्छौं भनेकै छु’, उहाँले भन्नुभयो, ‘अनियमितता सच्चाएर अगाडि बढनोस् । भोलि चुनाव भए पनि जान तयार छु । गैर आवासीय नेपाली संघ जुन उद्देश्यले शुरु भएको हो, त्यस बाहेकका मुद्दामा अल्झाएर भ्रम छर्ने काम नगरौं ।’

जतिसक्दो छिटो जुन कमजोरी गर्यौं, त्यसलाई सुधारेर प्रजातान्त्रिक पद्धति अपनाएर, सहमति हुन सके सहमति नसके चुनावमा जानुपर्नेमा उहाँको जोड छ । एकले अर्कालाई दोष लगाउँदा संस्थाको हित नभइ दुरुपयोग हुने पनि उहाँले बताउनु भयो ।

अनियमिततालाई सच्चाउन आग्रह गर्दा नमानेपछि परराष्ट्रमा जानुलाई राजनीति गरेको भन्ने आरोप लगाएकोमा उहाँले असन्तुष्ट ब्यक्त गर्नु भयो । आचार्यले परराष्ट्र मन्त्रालयमा १९ वटा निवेदनहरु परेको र ती निवेदन एकै जनाले नदिएको पनि उल्लेख गर्नु भयो ।

‘सत्यतथ्य छानबिन गरी न्याय माग्दै केही साथीहरुले निवेदन दिनुभएको हो । केही कुरा परराष्ट्रले लेखेर पठाइसकेको छ । त्यो मान्दैनौं भन्यौं भने नेपाल सरकारसँग हाम्रो सम्बन्ध कस्तो होला ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो ।

गैर आवासीय नेपाली संघलाई बाँडीखाने ठाउँ नबनाउन आग्रह गर्दै आचार्यले आफू रहेको देश बेलायतको एनसीसी निर्वाचनमा कुनै समस्या नरहेको बताउनु भयो ।

नेपालप्लसका लागि थानेश्वर सापकोटाले कुल आचार्यसंग गरेको अन्तर्वार्ताको भिडियो:

https://www.facebook.com/watch/?v=251075970249843


प्रकाशित | २९ कार्तिक २०७८, सोमबार १६:३९