बालक्लव गठनको लागि युवा परिचलान

भक्तपुर: युवाका साथ साथ आवाज नेपालले युवाहरुलाई दुई दिने बालक्लब गठन तथा ब्यबस्थापन सम्बन्धि तालिम दिएर बाल क्लब गठनका लागि परिचालन गरेको छ । सुरेन्द्र ढकाल फाउन्डेसनको सहयोग तथा कन्सोर्टियम नेपालको सहकार्यमा सन्चालित कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकालले बालक्लब बालबालिकाको क्षमता वृद्धिका लागि महत्वपूर्ण थलो रहेको बताउनुभयो । साथसाथै आगामी दिनमा समेत सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सुर्यबिनायक नगरकार्यपालिका सदस्य दिपक बिसुन्केले सबै कार्य सरकार आफैले गर्न नसक्ने हुँदा सङ्घसन्थाहरुलाई समेत परिचालन र सहकार्य गरि काम गरिने बताउनुभयो । गैसस महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्माले परिमाणमुखी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । तालिम लिनुमात्र ठूलो कुरा नभएको तर तालिममा लिएको कुरा ब्यबहारिक रुपमा प्रयोग गर्नु ठूलो कुरा रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण बालअधिकारकर्मी एवम कन्सोर्टिम नेपालका उपाध्यक्ष किरन थापा, सन्थाका सचिव श्रीकृष्ण थापा लगाएतले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात् तालिम प्राप्त १२ जना युवाहरुले १२ वटा बिधालयमा आधारित र १२ वटा समुदायमा आधारित गरि २४ वटा बालक्लबको निर्माण गरिने सचीव थापाले बताउनुभयो । कार्यक्रम युवामा भएको सीप बालबालिकामा हस्तान्तरण गर्ने उद्देश्यका साथ सन्चालन गरिएको हो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २१:०१