सूर्यविनायकमा सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिर्या, सहकारी विश्वस्नीय बन्नुपर्नेमा उपमेयर भट्टराईको जोड

भक्तपुर । सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सहकारी संस्थाहरु विश्वस्नीय बन्दै जानुपर्नेमा जोड दिनु भएको छ । नगरपालिकाद्धारा आयोजित सहकारी संस्थाको समस्या र समाधान विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्नुहुदैं उपमेयर भट्टराईले यस्तो बताउनु भएको हो ।

सहकारी सम्बन्धी ठगीका घटना बढेर नकारात्मक सूचना प्रवाह भइरहेका बेला नगर क्षेत्रभित्र स्थापीत सहकारी संस्थाका अध्यक्षलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरिएको हो ।

कुनै पनि ब्यक्तीको पैसा सहकारीले सुरक्षीत राख्नुपर्नेमा जोड दिनुहुँदै सहकारी डुब्ने अवस्था आउन नदिन सहकारी संस्थाका अध्यक्षहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।

नगरपालिकाले सहकारी संस्थाहरुको कडा रुपमा अनुगमन गर्दै आएको छ । सहकारीलाई कमीकमजोरी भए सच्याउन मौका दिएको बताउनुहुँदै उपमेयर भट्टराईले नगरभित्र पनि उत्कृष्ठ तथा नाजुक दुवै किसीमका सहकारी भएको उल्लेख गर्नुभयो ।

हाल नगरभित्र दुई सय १ वटा सहकारी रहेका छन् । जसमध्ये नगरपालिकामाताहत १६१ वटा छन् । नाजुक अवस्थामा रहेका सहकारीहरु आफै सुध्रिनुपर्ने उहाँले प्रष्ट पार्नु भयो ।

कतिपय लेखापरिक्षकले सञ्चालकलाई खुसी बनाउन गलत कामलाई पनि लुकाएर राखेकाले सचेत हुनुपर्ने उपमेयर तिमिल्सिनाले बताउनुभयो ।

आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्का, सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सहकारीको वर्तमान अवस्था विषयमा प्रशिक्षण समेत दिइएको थियो ।


प्रकाशित | २४ जेष्ठ २०८०, बुधबार २०:२४