सूर्यविनायकको सिरुटार र दधिकोट जोड्ने चरखण्डी पुलको शिलान्यास, नगरमा पुलको संख्या ५५ पुग्यो

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटार र वडा नंं ४ दधिकोटमा अवस्थित चरखण्डी खोलामा पुल निर्माणको शिलान्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमकाबीच पुजाआजा गरि पुलको शिलान्यास गर्नु भएको हो ।

वडा नंं १ र ४ मा अवस्थित चारखण्डी खोला बोडेल टोल मुनी पर्दछ । सो क्षेत्रमा पुल नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्नुपरिरहेको छ ।

सूर्यविनायक नगरपालिकाको ९८ लाख ९७ हजार बजेटमा सो बक्स वृज पुल निर्माण गरिन लागिएको हो ।

पुलको लम्बाई ८ दशमलव १ मिटर र चौडाई ८ दशमलव ४ मिटर रहेको छ । पुल यही आर्थिक वर्षभित्र निर्माण भइसक्नेछ ।

पुल परामर्श दाता रुद्र प्रसाद काफ्लेका अनुसार जनप्रतिनिधि आएपछि सूर्यविनायकमा पर्ने चरखण्डी खोलमा मात्र हालसम्म ६ वटा पुल निर्माण भइसकेका छन् ।

त्यस्तै, सूर्यविनायकमा पछिल्लो ६ वर्षमा साना र ठूला गरि ३५ वटा पुल निर्माण भएका छन भने अहिले पुलको संख्या ५५ पुगिसकेको छ ।

कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेलगायत जनप्रतिनिधि, साईट इनिजिनियर र स्थानीयको सहभागिता थियो ।


प्रकाशित | २३ जेष्ठ २०८०, मंगलवार २१:३२